निजी विध्यालयले १५ प्रतिशत विध्यार्थी सित्तैमा पढाउनुपर्ने

Newslaya Home

निजी विध्यालयले १५ प्रतिशत विध्यार्थी सित्तैमा पढाउनुपर्ने

बिहीबार २८, भदौ २०७५

काठमाडौं । निजी विद्यालयहरुले विद्यार्थी अनुपातका आधारमा १०, १२ र १५ प्रतिशतसम्म निःशुल्क बढाउनु पर्ने भएको छ । ५०० सम्म विद्यार्थी भएका स्कुलले १०, ८०० सम्म विद्यार्थी भएकाले १२ र त्यसभन्दा धेरै विद्यार्थी भएका स्कुलले कुल विद्यार्थीको १५ प्रतिशतलाई निःशुल्क शिक्षा दिनुपर्नेछ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा अनिवार्य तथा निःशुल्क शिक्षा प्राप्त गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म पढाउने विध्यालयका लागि यस्तो प्रावधान राख्ने सहमती जुटेको हो । निःशुल्कको परिभाषामा कुनै पनि शुल्क लिन नपाइने उल्लेख छ । यसअघि निःशुल्क भनिएपछि विभिन्न नाममा शुल्क लिइन्थ्यो । अब त्यसमा रोक लागेको छ । सरकारी विद्यालयमा भने १२ कक्षासम्मै निःशुल्क हुनेछ । कक्षा ८ सम्म स्कुल पढाउनै पर्ने र नभए सरकारले दण्डित गर्नेछ भने १२ सम्म निःशुल्क मात्र भनिएको छ ।