Newslaya Home

​झापाबाट सुपारी र ब्रोइलर कुखुरा बरामद

बिहीबार २८, भदौ २०७५

बिर्तामोड । झापाको मेचीनगर क्षेत्रको विभिन्न स्थानबाट प्रहरीले ३९ हजार मुल्य बराबरको सुपारी र ब्रोइलर कुखुरा बरामत गरेको छ । 

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १० हजार मूल्य बराबरको  कुखुरा र नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ हजार मूल्य बराबरको ५० किलो सुख्खा सुपारी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर –६ बाट बरामद गरेको हो ।

बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ भने बोइलर कुखुरा नष्ट गरिएको जनाइएको छ ।