Newslaya Home

​बाटोमा भेटेको दुई लाख धनीलाई फिर्ता, पुरस्कार पनि लिएनन्

बिहीबार २८, भदौ २०७५

परासी । पश्चिम नवलपरासीका लालचन चौधरीले बाटोमा भेट्टाएको रु दुई लाख धनीलाई फिर्ता दिएका छन् । 

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर लगेको पैसा बाटोमा हराएको थियो । 

पैसा हराएपछि पावित्रीले प्रहरी तथा स्थानीयवासीलाई खबर गरिन् । रकम भेट्टाएका रामग्राम–१६ कै लालचन चौधरीले पावित्री थारूको पैसा भएको हल्ला थाहा पाएपछि उनले आफैँ लगेर पावित्रीलाई पैसा फिर्ता दिएका हुन् । 

पावित्रीले घोषणा गरेको पुरस्कार पनि उनले लिएनन् ।