Newslaya Home

​इलामका आधा महिला प्रसुती गराउन झापा जान्छन्

बिहीबार २८, भदौ २०७५

इलाम । इलामका ५० प्रतिशत भन्दा बढी महिला प्रसूति गराउनकै लागि झापासम्म पुग्ने गरेका छन् । 

इलामको एक मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाग्री अभाव र कर्मचारी अपुग हुँदा महिलाहरु प्रसूतिको लागि झापासम्म पुग्ने गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा २० वर्ष भन्दा कम उमेरका ७ सय ५० जना महिलाले पहिलो पटक गर्भ जाँच गराएका छन् ।

यी मध्ये ३ सय ३ जना महिलाले मात्र इलामका स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएका छन् । ४ सय ४७ ले जिल्ला बाहिरबाट प्रसूति सेवा लिएका पाइएको छ ।

सोही आर्थिक वर्षमा २० वर्ष भन्दा बढि उमेर समूहका २ हजार १ सय जना महिलाले पहिलो गर्भ जाँच गराएका थिए ।

जिल्लामा जम्मा १ हजार ४ सय ४६ जना महिलाले इलाम अस्पतालसहित जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिइएका पाइएको छ ।

स्वास्थ्य जाँच गराएका मध्ये ३० प्रतिशत महिलाले मात्र जिल्लाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने गरेका छन् ।