Newslaya Home

​विश्वकप विजेता फ्रान्सका कप्तानलाई हत्कडी

बिहीबार २८, भदौ २०७५

पेरिस । विश्वकप विजेता टोली फ्रान्सका कप्तान ह्युगो लोरिस पक्राउ परेका छन् । सीमाभन्दा बढी रक्सी पिएर गाडी चलाएको अभियोगमा उनी समातिएका हुन् ।

गएको अगस्ट २४ मा टोटेनह्याम र फ्रान्सका गोलरक्षक लोरिसलाई ग्लाउसेस्टरको चेक प्वाइन्टमा प्रहरीले रक्सी खाएर गाडी चलाएको अवस्थामा समातेको थियो । 

३१ वर्षीय लोरिसलाई वेस्टमिनिस्टर म्याजिस्ट्रेक कोर्टले दोषी ठहर गर्दै ५० हजार पाउण्ड जरिवाना तथा २० महिना गाडी चलाउन प्रतिबन्ध लगाएको छ ।

लोरिसको स्वास्थ्य जाँच गर्दा प्रति ८० माइक्रोग्रामभन्दा बढी अल्कोहोलको मात्रा भेटिएको थियो । इंग्ल्याण्ड र वेल्समा ३५ माइक्रोग्राम सम्मको अल्कोहल सेवनलाई कानुनी मान्यता प्रदान गरिएको छ ।

विश्वकप उपाधि उचालेका लोरिसलाई विश्वकप उचालेको ४० दिनपछि प्रहरीले हत्कडी लगाएको हो । त्यतिमात्रै होइन, रक्सी पिएर गाडी चलाएको आरोपमा एक रात लोरिसले प्रहरी चौकीमै बिताउनुपर्यो ।