Newslaya Home

चलचित्र ‘कथा काठमाण्डु’ को प्रोमो हटाउन चलचित्र विकास बोर्डको निर्देशन

बुधबार २७, भदौ २०७५

काठमाडौं । चलचित्र विकास बोर्डले असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो हटाउनको लागि निर्देशन दिएको छ । 

चलचित्र विकास बोर्डको यस्तो निर्देशन पाएपछि चलचित्रको निर्माण पक्षले आपत्ती जनाएको छ । बोर्डले पठाएको पत्रमा समावेश गरिएको युटुबको यूआरएल चलचित्रको अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोदार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको ब्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपति जनाएको हो । 

यस चलचित्रको निर्देशक संगीता श्रेष्ठ हुन् । उनी पछिल्लो समय यो चलचित्रको काममा व्यस्त छिन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।