Newslaya Home

यू–१९ क्रिकेटमा आज नेपाल र एनसीए भिड्दै

बुधबार २७, भदौ २०७५

काठमाडौं । नेपाली क्रिकेट टोली एक दिवसीय सिरिज खेल्न भारत पुगेको छ । नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो खेल बुधबार एनसीए यू–१९ सँग खेल्दैछ । भारतीय क्रिकेट बोर्ड बीसीआईको निमन्त्रणामा नेपाली टोली भारतको लखनउ प्रस्थान गरेको हो ।

नेपालको कप्तानी आशिफ शेखको सम्हाल्ने छन् । त्यस्तै नेपाली टोलीले आफ्नो दोस्रो खेल शुक्रबार भारतको यू–१९ टोलीसँग खेल्ने छ भने ३१ गते अफगानिस्तान यू–१९ टोलीसँग खेल्नेछ । ४ टिम सहभागि हुने खेलमा सबैले एकअर्का विरुद्ध खेल्नेछन् ।

नेपाली यू–१९ क्रिकेट टालीलाई विनोद दासले प्रशिक्षण दिएका छन् । नेपाली टोलीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा लगायतका खेलाडीहरु रहेका छन् ।