Newslaya Home

स्पेनद्वारा क्रोएसिया ६–० को अन्तरले पराजित

बुधबार २७, भदौ २०७५

काठमाडौं । विश्वकप फुटबल २०१८ को उपविजेता क्रोएसिया स्पेनद्वरा ६ गोलको अन्तरले पराजित भएको छ । मंगलबार राति भएको खेलमा  क्रोयसियालाई ६–० ले हराउदै स्पेनले नेशन्स कपमा सानदार जित हासिल गरेको हो ।

क्रोएसिया विरुद्ध स्पेनले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गर्‍यो । स्पेनका लागि साउल निगुएज, मार्को एसेन्सिओ, रोड्रिगो, सर्जियो रामोस र इस्कोले गोल गोल गरकोे थिए । भने ३५ औं मिनेटमा क्रोएसियाका गोलरक्षक लभरेन कालिनिकले बल जोगाउने क्रममा आत्मघाती गोल गरेका थिए ।

नेशन्स लिग युरोपियन फुटबलको नयाँ प्रतिस्पर्धा हो । यसमा स्पेनले लगातार दुई जित निकालेको छ । जितसँगै स्पेन ३ अंकसहित समूह ए फोरको शीर्ष स्थानमा रहेको छ ।