Newslaya Home

​अन्ततः विराटनगर जुटमिल्स खुल्यो

मङ्गलबार २६, भदौ २०७५

विराटनगर । विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ । गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले व्यवसायिक उत्पादन थालेको हो । 
अहिले यो मिल्सबाट दैनिक ६ टन उत्पादन सुरु भएको छ । चाँडै नै पूर्ण क्षमतामा २० टन उत्पादन गर्ने मिल्स सञ्चालक समितिका अध्यक्ष बसन्त वनले जानकारी दिए । 

पहिलो चरणमा मिलबाट जुटको सुत्ली र भारतीय बजारको मागअनुसार बोरा उत्पादन थाल्ने व्यवस्थापनले तयारी गरेको छ ।

११ केभीएको विद्युत लाइन काटिएपछि समस्या भएकोमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भई मासिक ६ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी मिल्समा जडान भएको छ । 

नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतका सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले १९९३ मिल्सको स्थापना गरेका थिए । यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु भएको थियो भने मजदुर आन्दोलन पनि ।