Newslaya Home

​यामाहाको जेडआर ‘स्ट्रिट र्‍याली’ धरान, इटहरीलगायत देशैभर सार्वजनिक

सोमबार २५, भदौ २०७५

इटहरी । एमएडब्लु इन्टरप्राइजेजले रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्‍याली’ सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता उक्त कम्पनिले नेपालमा लन्च गरेको हो । देशका विभिन्न ठाउँमा रहेका डिलरहरुले छुट्टा छुट्टै कार्यक्रम गरेर स्कुटर लन्च गरेका हुन् ।

इटहरीस्थित तिरुपती अटो सिटिले स्कुटर सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष अमर खड्का, पत्रकार याम प्रधान लगायतले स्कुटरको बिक्रि खुल्ल गरेका थिए ।

यस्तै धरानस्थित गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंक धरानले महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईको प्रमुख आतिथ्यमा स्कुटर सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफले, मिस पूर्वाञ्चल २०१७ की रुवी हुक्पाचोङवाङ, यमाहाका सेल्स प्रमुख प्रकाश देवकोटालगायतले संयुक्त रुपमा बिक्रि खुल्लाको उद्घाटन गरेका हुन् ।

नयाँ रे जेडआर ‘स्ट्रिट र्‍याली’मा ११३ सीसी ब्लू कोर इन्जिन रहेको छ भने चालकको हातको सुरक्षाका लागि नकल गार्ड, थप स्पोर्टी र आकर्षक डिजाइनका लागि बोल्ड न्यु भाइजर, आवश्यक जानकारीहरु समावेश भएको आकर्षक ककपिट, आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेकिङका लागि डिस्क ब्रेक एन्ड एलोई ह्विल रहेको छ ।

नेपालमा यो स्कुटरको बजार मूल्य रु २ लाख ८ हजार ९ सय रूपैयाँ तोकिएको छ । यो स्कुटर र्‍याली रेड र रेसिङ ब्लू गरी दुई वटा कलरमा उपलब्ध छ ।