Newslaya Home

​चलचित्र ‘छक्का पञ्जा ३’को दोश्रो गीत सार्वजनीक (भिडियोसहित)

सोमबार २५, भदौ २०७५

 काडमाण्डौ । चलचित्र ‘छक्का पञ्जा ३’ को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ कालै पल्किन्छ’ सार्वजनीक भएको छ । 

गीतमा निशान भट्टराईसँगै र एन्जिला रेग्मीको स्वर रहेको छ । अर्जुन पोखरेल र दीपकराज गिरीको रचना रहेको गीतमा अर्जुन पोखरेलले संगीत गरेका छन भने गीतको एरेन्जर महाराज थापा रहेका छन् । 

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तमाङको अभिनय देख्न सकिन्छ।  छक्का पञ्जा ३ को गीत ‘पहिलो नम्बरमा’ एक महिना अघि नै सार्वजनिक भइसकेको छ ।