Newslaya Home

चलचित्र ‘छिरिङ्ग’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

सोमबार २५, भदौ २०७५

काठमाडौं । अभिनेता तथा गायक यश कुमार अभिनीत तथा निर्देशित चलचित्र ‘छिरिङ्ग’ को  ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर यूट्युबमार्फत सार्वजनिक गरिएको हो

ट्रेलरमा प्रेम र द्वन्द्व देख्न सकिन्छ । चलचित्रमा नव–नायिका कामना भुजेल, अभिनेता तथा गायक यश र निमा रुम्बाको अभिनय रहेको छ ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश कुमार र याम थापाले मिलेर लेखेका हुन् । यश कुमारको निर्देशनमा बनेको यो पहिलो चलचित्र हो ।

चलचित्र ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । चलचित्र असोज १२ गते देखि प्रर्दशनमा आउने भएको छ ।