Newslaya Home

यसरी खुलाउनुहोस् रुघाले बन्द भएको नाक

सोमबार २५, भदौ २०७५

काठमाडौं । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो । बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । त्यसैले घरेलु विधिबाट यसरी खुलाउनुहोस् बन्द नाकः

कागती चिया
कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुहोस, बन्द नाक खुल्छ ।

सर्स्युँको तेल
एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुहोस् अनि त्यसका केही थोपा नाकमा हाल्नुहोस् । यसो गर्नाले बन्द भएको नाक खुल्छ ।े

तुलसीको पात
तुलसीको पात खानाले पनि बन्द भएको नाक खुल्छ ।  

नाक सेक्ने
एउटा सफा रुमाल तातो पानीमा हाल्नुहोस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुहोस् । यसो गर्दा आराम हुन्छ ।

बाफ
पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुहोस् र दुई मिनेटपछि त्यो पानीको बाफ लिनुहोस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।

नूनपानी
पानीमा नून हालेर घोल बनाउनुहोस् र त्यो घोलले नाक धुनुहोस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।

मह
एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुहोस् । महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ ।