Newslaya Home

​एक वर्षमा तरकारीको मूल्य तीन गुणा बढ्यो

सोमबार २५, भदौ २०७५

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा तरकारीको मूल्य ३३३ प्रतिशतले बढेको छ । पछिल्लो दुई महिनामा तरकारीको भाउ अझ बढेको छ ।

चाडबाड नजिकिँदै गर्दा तराकारीको भाउ अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् । बर्खाले तरकारी उत्पादनमा गिरावट आएपछि महंगिएको व्यवसायी बताउँछन् ।

​चाडबाडमा मागअनुसार आपूर्ति नहुँदा त्यसको प्रभाव स्वतः मूल्यमा परेको व्यवशायीहरु बताउँछन् । नेपालको माग धान्न भारतबाट ठूलो परिमाणमा तरकारी आइरहेपनि त्यसले मूल्य घटाउन सकेको छैन ।