Newslaya Home

चतरामा हुने कुम्भ मेलाको तयारी सुरु

आइतबार २४, भदौ २०७५

सुनसरी । चतरामा चैत्रमा आयोजना हुने अर्ध कुम्भ मेलाको तयारी सुरु भएको छ । सामाजिक विकास मन्त्रालयको संयोजनमा शनिबार विराटनगरमा मेला आयोजना हुने बिषयमा छलफल गरीएको थियो ।

प्रत्येक छ बर्षमा आयोजना हुने अर्धकुम्भ मेलालाई धार्मिक पर्यटन प्रर्वद्घनको माध्यमको रुपमा समेत उपयोग गर्नुपर्ने सहभागीहरुले बताएका थिए ।

असोजको दोस्रो साता झापा, मोरङ, सुनसरीमा समेत बृहत भेला आयोजना गर्ने र मेला आयोजक समिति तथा उपसमिति गठन गरीएको सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले जानकारी दिएका छन् ।

कार्यक्रममा जगत गुरु बालसन्तलगायत धर्मगुरुहरुले कुम्भ मेलाको महत्वको बिषयमा जानकारी दिएका थिए ।