Newslaya Home

फ्रिजको पानी पिउँदा हुने बेफाइदा

शुक्रबार २२, भदौ २०७५

गर्मीमा मानिसहरु चिसो पानी खान रुचाउँछन् । त्यसैले मानिसहरु फ्रिजमा राखिएको पानी पिउन मन पराउँछन् ।
तर, फ्रिजको पानी पिउनाले हाम्रो स्वास्थमा विभिन्न असर देखा पर्छन् ।

१. कृत्रिम तरिकाले सामान्य भन्दा अत्याधिक कम तापक्रमको पानी हानिकारक हुन्छ ।

२. एकदमै ठन्डा पानी पिउनाले ठूलो आन्द्रा खुम्चिदाँ त्यसले आफ्नो काम ठिकसँग गर्न सक्दैन र विहान ठिकसँग पेट सफा हुँदैन ।

३. लामो समयसम्म कब्जियत हुन सक्छ, जसले पुरै पाचनप्रणाली गडबड हुन सक्छ । आयुर्वेदमा कब्जलाई नै सबै रोगहरुको जड मानिन्छ ।

४. शरिरका कोषहरु खुम्चिन्छन् र ठिक तरिकाले काम गर्न पाँउदैन । यसको असर तपाईको मेटाबोलिज्म र स्वास्थमा सिधै पर्छ । यसले मुटुको धड्कन पनि कम गर्न सक्छन् ।

५. घाँटी खराब हुने सम्भावना धेरै हुन्छ । टन्सिल्स, घाँटीको रोग, फोक्सो र पाचनप्रणालीको रोग हुनसक्छ ।