Newslaya Home

​अन्टार्कटिकाको यो गाउँमा जम्मा सय बासिन्दा

बुधबार २०, भदौ २०७५

काठमाडौं । अन्टार्कटिकामा बनेको अनुसन्धान केन्द्रनजिक चिलीले भिला ला एस्त्रेलास नामक गाउँ बसाएको छ । त्यहाँ १०० मानिस बस्छन् । 

गाउँमा बैंक, स्कूल, पोस्टअफिस र जिम बनाइएको छ । सामान्य रोग निको पार्न स्वास्थ्य चौकी पनि छ । 

त्यहाँ बस्ने वैज्ञानिक, सैनिक र उनीहरूको परिवारले एपेन्डिक्सको अपरेसन गराउनैपर्छ किनकि गाउँबाट सबभन्दा नजिकको अस्पताल पनि एक हजार किलोमिटर पर छ ।