Newslaya Home

​१६ गतेदेखि काठमाडौ–विराटनगर राती पनि प्लेन उड्ने

बुधबार २०, भदौ २०७५

विराटनगर । अब नेपालभित्रका हवाईजहाज राती पनि उड्ने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रि उडान हुने भएको छ ।

विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको हो 
हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन सुरु गरिएको जानकारी दिँदै मन्त्री रविन्द्र अधिकारीले ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उडान सुरु हुने जानकारी दिए ।

क्षेत्रीय हबका रुपमा रहेका विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान गरिनेछ । झापाको चन्द्रगढी, जनकपुरलगायत विमानस्थललाई पनि रात्रि उडानका लागि प्राविधिक तयारी भइरहेको छ । 

भदौ १६ गते नै विभिन्न एयरलाइन्सको २५ वटा उडान तालिका स्वीकृत भएको छ । बुद्ध एयरको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सात वटा उडान तालिका स्वीकृत भएको छ । 

सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो ।