Newslaya Home

११ वर्षे बालिकाको रगतको पसिना बगेपछि.....

मङ्गलबार १९, भदौ २०७५

काठमाण्डौ । भियतनामकी एक ११ वर्षे बालिकाको रगतको पसिना बग्न थालेपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई निकै दुर्लभ रोग हेमाटिड्रोसिस भएको हुनसक्ने आशंका गरिएको छ । बालिकाको तीन– चार महिना अघिदेखि रगतको पसिना बग्न थालेको थियो । 

पाँच कक्षामा अध्यननरत बालिकाको दिनमा तीन चार पटक रगतको पसिना बग्न थालेपछि र अत्याधीक टाउको दुखेपछि अस्पताल पुर्याइएको उनका आमाबुवाले जानकारी दिएका छन्  । 

अस्पतालमा अहिलेका लागि डाक्टरहरुले उनको तनावको स्तर कम गर्न प्रयासरत छन् । तनावका कारण उनले रगतको पसिना बगाइरहेको अनुमान डाक्टरले गरेका छन् । हेमाटिड्रोसिस निकै दुर्लभ रोग हो ।