Newslaya Home

​देशभर नेपाल टेलिकमको मोबाइलमा समस्या

मङ्गलबार १९, भदौ २०७५

काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल फोनमा समस्या आएको छ । मंगलबार बिहानैदेखि टेलिकमको प्रि–पेड र पोस्टपेड दुवै मोबाइलमा समस्या देखिएपछि लाखौँ सेवाग्राही प्रभावित भएका छन् ।  

प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको टेलिकमले जनाएको छ । तर ल्याण्ड लाइन सेवामा भने कुनै समस्या नभएको बताइएको छ । सेवाग्राहीले पाएको असुविधाप्रति क्षमा माग्दै टेलिकमले १४९८ मा फोन गरेर थप जानकारी लिन आग्रह गरेको छ ।

मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने टेलिकमले जनाएको छ ।