Newslaya Home

चाडपर्वलाई लक्षित गरि एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर

आइतबार १७, भदौ २०७५

काठमाडौं । एनसेलले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरि ‘रिचार्ज एण्ड विन’ योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यो योजना आइतबारदेखी आगामी १० हप्तासम्म लागु हुनेछ । योजना साप्ताहिक चक्रमा संचालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।

१०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने सक्ने छन् । ग्राहकले प्रत्येक १०० रूपैयाँ बराबरको रिचार्जका लागि एसएमएस मार्फत एउटा कोड प्राप्त गर्नेछन् ।

उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबारको अवधिमा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुइ वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । रु ५०० रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।

योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा मंगलबारका दिन साँझ सात बजे एपि वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ । 

यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रति व्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।