Newslaya Home

निर्मला हत्यापछि ‘उम्लिरहेको रगत सम्हालेर’ पुष्टिकाले लेखिन् यस्तो कविता (भिडियोसहित)

शनिबार १६, भदौ २०७५

इटहरी । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि हत्यारालाई कारवाहीको माग गर्दै सारा देश तात्यो । त्यही समयमा इटहरीकी पुष्टिका भण्डारीले एउटा कविता तयार गरेकी छिन् । 

‘दानवताको सर्वनाश’ शीर्षकको कवितामा उनी बारम्बार हुने बलात्कारका घटना र बलात्कारीप्रति निकै आक्रामक देखिन्छिन् । उनले महिलामाथि क्रुर व्यवहार भएको भन्दै दुःख व्यक्त गरेकी छिन् । उनले उक्त कविता उम्लिरहेको रगत सम्हालेर लेखेको बताउँदै भनेकी छिन्, ‘हिंसा भोग्ने मात्र होइन, देख्ने पनि अपराधी हो, हामी सबै अपराधी हौं ।’

हिंसा घटाउन नसकेकोले सबै दोषी भएको उनको धारणा थियो ।

1 प्रतिकृयाहरू प्राप्त
  • Bidyapati thakurलेख्नुहुन्छ
  • |
  • शनिबार १६, भदौ २०७५ ०७:२६
well done...pustika bunu...we are always with you...अति भो नेपाल सरकार वीर देश भन्ने नेपाल दिन प्रती दिन बलात्कारी को देश भन्ने तर्फ गैरहेको छ केही न गर तिम्रो आफनै देश को चेलीबेटी सुरक्षिित छैन नेपाल सरकार ।।।बलात्कारिलाइ फासी दे नेपाल सरकार।।।