Newslaya Home

‘ओलीले ठुला ठुला सपना देखाएर हामीलाई डिप्रेस गर्नुभो’ : हिसिला यमी (भिडियो अन्तर्वार्ता)

बिहीबार १४, भदौ २०७५

इटहरी । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला ठूला सपना देखाएको तर सोअनुसार काम नगरेको आरोप लगाएकी छिन् । उनले ओलीको सपनाले डिप्रेसन मात्र भएको बताइन् ।

उनका अनुसार सरकारको काम गराईले युवाहरु निराश हुन थालेको बताइन् । ‘अहिले सबै युवाहरु निराश छन्,’ न्युजलयसँग कुरा गर्दै उनले भनिन्, ‘सरकारको काम गराइ नै निराशा जगाउने खालको छ, ठूला ठूला गफ गर्ने, काम नगर्ने ।’

सञ्चारकर्मीहरुले पनि पुरानो पार्टीलाई बढी प्राथमिकता दिने गरेको उनको आरोप थियो । 
अहिले देशभर बलात्कारको विरुद्ध आवाज उठाउने काममा युवाहरु अझै सक्रिय नभएको उनको भनाई थियो । ‘तर नयाँ शक्तिका युवाहरुले नयाँ तरिकाले बलात्कारको विरुद्धमा प्रदर्शन गरेका छन्,’ उनले भनिन्, ‘त्यसका साथै विभिन्न ठाउँमा सशक्त संगठन बनाउँदै अघि बढेका छन् ।’

उनले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेको बताइन् । ‘नेपाल कम्युनिष्ट पार्टिलाई अधिकांस मानिसले नेपाल कर पार्टी भन्न थालिसकेका छन्,’ उनले भनिन् । उनका अनुसार आफ्नो पार्टी हराएको भन्ने आरोपलाई अस्वीकार गर्दै अझ सशक्त बनेको बताइन् ।
उनले कम्युनिष्ट पार्टीहरुसँग कार्यगत एकता गर्न सक्ने बताइन् ।