Newslaya Home

​सुन काण्ड प्रकरण : जिल्ला अदालतको आदेश उल्टाउदै दुई प्रहरीलाई फेरि पक्राउ गर्न आदेश

मङ्गलबार ०५, भदौ २०७५

विराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्या हत्या मुद्दामा धरौटीमा दुइ अभियुक्त प्रहरी सादा तारिकमा छोड्न जिल्ला अदालतले दिएको आदेश उल्टिएको छ। जिल्ला अदालतको आदेश उल्ताउदै उच्च अदालत बिराटनगरले छुटेका दुई जना प्रहरीलाई उच्च अदालतले थुनामा राखेर कारबाही गर्न आदेश गरेको हो ।

प्रहरी हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटीमा छोड्न आदेश गरेतापनि आदेश रित पूर्वक नभएको भन्दै सरकारी वकिलको कार्यालयले अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए।  उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजलासले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको हो ।

खड्का निलम्बन डिआइजी श्याम खत्रीको सवारी चालक थिए भने थापा वडिगार्ड हुन्। डिआइजी खत्री यसै प्रकरणमा पुर्पक्षको लाथि थुनामा रहेका छन्। मंगलबार चारवटा इजालमा पाँच थान मुद्दा छुट्टा–छुटै इजालमा बहस भएको दाहालले जानकारी दिए।