Newslaya Home

​चलचित्र ‘कथा काठमाडौं’को गीत ‘धुलोमान्डु’ सार्वजनिक (भिडियोसहित)

मङ्गलबार ०५, भदौ २०७५

काठमाडौं । चलचित्र  ‘कथा काठमाडौं’को शीर्ष गीत  ‘धुलोमान्डु’ सार्वजनिक भएको छ। मंगलबार युट्युबमार्फत् चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो। 

सुरजविक्रम थापाको शब्द र संगीत रहेको गीतमा हरिवंश आचार्य र बुलेट फ्लोको स्वर सुन्न सकिन्छ। 

भिडियोमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई देखाइएको छ, जहाँ काठमाडौंको धुवाँ धुलोलाई प्रस्तुत गरिएको छ। 

संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीलगायतको मुख्य भूमिका रहेको छ। 

चलचित्र असोज १२ बाट प्रदर्शनमा आउँदै छ ।