Newslaya Home

​सलकपुरमा आगलागी, ७० लाख बराबरको क्षति

मङ्गलबार ०५, भदौ २०७५

मोरङ । मोरङको सुन्दर हरैचा नगरपालिका–८ सलकपुरमा आगलागी भएको छ । सलकपुरस्थित डिल्ली लम्सालको घरमा आगलागी हुँदा ७० लाख बराबरको क्षती भएको छ । 

मंगलबार बिहान बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सोही घरमा डिल्ली लम्साल र बिनोद रायमाझीले संयुक्त रुपमा सञ्चालन गरेको बिज्ञान प्रबिधिको समानहरु पूर्ण रुपमा नष्ट भएको छ । 

आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रण गरिएको थियो भने सो आगलागीबाट मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।