Newslaya Home

सबै स्थानीय तहमा बैंक राख्न अर्थ समितिको निर्देशन

मङ्गलबार ०५, भदौ २०७५

काठमाडौं । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अर्थ समितिको बैठकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्ने कार्ययोजना एक हप्ता भित्र समितिमा पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

देशभरी एक सय १६ वटा स्थानीय तहमा अझैसम्म बैंक तथा वित्तिय संस्था स्थापना हुन सकेको छैन । समितिले वित्तिय तरलता आउन नदिन नेपाल राष्ट्र बैंकसँग योजना माग गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

बैठकमा सदस्यहरुले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गर्न ढिलाई नगर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको ध्यानाकर्षण गराएका थिए । 

बैठकमा समितिका सदस्यहरुले दिर्घकालीन लगानी सुनिश्चित हुने गरी आफ्नो कार्ययोजना बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका थिए ।