Newslaya Home

​नेताले थोत्रै गाडी चढ्नुपर्ने ?

–जीबी गजल
मङ्गलबार ०५, भदौ २०७५

प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री शेरधन राईले अहिले कोशी प्रोजेक्टको २३ वर्ष पुरानो गाडी चढिरहनु भएको छ । त्यो गाडी बेला बेलामा बिग्रेर हैरान छ । 

कहिले कहि बाटोमै बिग्रने समस्या छ । अब के मुख्यमन्त्रीले सधै अरुको थोत्रो गाडी नै चढोस् या साईकलमा चढोस् भन्ने तर्क हो ? मुख्यमन्त्रीको व्यस्तता र सुरक्षालाई ध्यानमा राखेर एउटा नयाँ गाडी किन्दा किन यत्रो बखेरा किन आपत्ती ? के मुख्यमन्त्रीले त्यो गाडी निजि किन्न लाग्नु भएको हो ? 

यहाँ नेपालका सयौं कर्मचारीहरु चढेका महङ्गो कम्पनीको गाडी चडेकोसम्म नदेख्नेहरु बिरोधको लागि के निहुँ पाउ भन्नेहरु मलाई लाग्छ यो बिषयलाई लिएर भ्रम फैलाउनुको कुनै तुक र आवश्यक छैन । मुल कुरो भनेको प्रदेश सरकारले कसरी, कस्तो र कति काम गर्दैछ भन्ने हो । 

जनताहरुको सरोकारका बिषयहरुमा कति जिम्मेवार भएर काम गर्दैछ । शिक्षा स्वास्थ्य यातायात पर्यटन र विकासको कुरामा कतिको ध्यान दिदैछ । मुख्य कुरा हो । अहिले राज्य नयाँ संरचनामा गइरहेको अवस्थामा सबै कुरा व्यावस्थापन गर्दा केही तल माथी हुन्छ त्यो स्वाभाविक हो । 

हामी एउटा नयाँ घर बनाउँदा र बनाई सकेपछी त्यस भित्रका फिनिसिङ डेकोरेसनको लागि आवाश्यकताका सामान लाग्छ भने अहिलेको संरक्षण त्यस्तै भएको कारण अहिले त्यति धेरै नकारात्मक भएर रोईकराई गर्नुको अर्थ छैन । त्यसैले एउटा गाडीको बिषय लिएर माननीय मुख्यमन्त्रीको बिरोध गर्नुको कुनै आवश्यकता छैन । 

नेताले एउटा गाडी चढ्दैमा एउटा घर बनाउँदैमा एउटा मोबाईल बोक्दैमा र राम्रो होटलमा खाना खाँदैमा बिरोध गर्नु आवश्यक छैन । नेता चाँही दरिद्र भएरै गरिबै भएर बाचोस भन्ने मानसिकताबाट मुक्त हुनु पर्छ । मुख्य कुरा नेताको कस्तो खालको आचरण, व्यवहार, चरित्र, काम र दृष्टिकोण छ अनि जनता प्रती कस्तो खालको दृष्टिकोण र व्यवहार गर्छ मुख्य कुरा हो । 

नेता पनि मान्छे हो उसको पनि परिवार छ । उसको पनि निजि जीवन छ । त्यसैले नेताहरु प्रती नकारात्मक भई अस्वस्थ टिकाटिप्पणी गर्नु भन्दा सकरात्मक ढङ्गबाट गुण र दोषको आधारमा स्वच्छ आलोचना गर्नु बुद्दिमानी हुन्छ जस्तो लाग्छ ।
(गजलको फेसबुकबाट साभार)