Newslaya Home

​कृषि बजारमा दोहोरो करः सब्जी तथा फलफुल व्यवसायीको विरोध

मङ्गलबार ०५, भदौ २०७५

धरान । कृषि उपज वस्तुहरु धरान १३ स्थित कृषि उपज बजार स्थलबाट खुद्रा पसलहरुमा जाने गर्दछन् । बजार स्थलले दोहोरो कर असुली गरेको भन्दै भानु सब्जी तथा फलफुल व्यवसायी समितीले विरोध गरेको छ । 

कृषि बजार व्यवस्थापनले कृषक संग पनि र ग्राहक संग पनि कर असुल्ने गरेको भन्दै दोहोरो कर असुली बन्द गर्न माग गरेका हुन् । 

खुद्रा व्यवसायीले सिधै कृषकबाट फलफुल तथा तरकारी खरिद गर्न पाउनुपर्ने माग समेत राखेका छन् । कृषि उपज बजारले एकाधिकार कायम राखेसम्म उपभोक्ताले जहिले तरकारी महंगो मुल्यमा खरिद गर्नुपर्ने समितीका अध्यक्ष हर्क प्रसाद तुम्रोकले बताए । 

अहिले कृषि बजारमा नपु¥याई धरानका कुनैपनि खुद्रा पसलमा कृषिजन्य वस्तु विक्री गर्न नपाइने गरी कृषि उपज बजारले सिण्डिकेट लगाएको छ, उनले भने, कृषि बजारले एकाधिकार कायम गरी सबै कृषि जन्य वस्तु अनिवार्य रुपमा कृषि बजार पु¥याउनुपर्ने र तिनीहरुलाई दोहोरो शुल्क नबुझाइ बजारमा बेच्न नपाइने भएकोले यस्तो प्रथा अन्त्य गरियोस् । 

कृषि बजार व्यवस्थापन समितिले ग्राहकसँग करका नाममा थप शुल्क लिने गरेको उनीहरुको आरोप छ । आफुहरु कुनै पनि हालतमा दोहोरो शुल्क नतिर्ने पक्षमा रहेको व्यवसायीहरुको भनाई छ । कृषिजन्य वस्तुहरुमा दोहोरो कर तिर्नु पर्ने व्यवस्था हटाउन धरानका सब्जि तथा फलफुल व्यवसायीहरुले माग गरेका छन् । 

दोहोरो कर असुली बन्द नगरिए विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । मागलाई बेवास्ता गरे सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने, शान्तिपुर्ण र वैधानिक संघर्षका लागी न्यायलय सम्म पुग्न सकिने उनले बताए ।