Newslaya Home

​१८औं एसियाली खेलकुदमा नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित

सोमबार ०४, भदौ २०७५

काठमाडौं । १८औं एसियाली खेलकुद अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा पनि हार व्यहोरेको छ ।

सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल घर फर्किएको छ ।

इण्डोनेशियाको प्याट्रियट्स चन्द्राबागा रंगशालामा खेलको १२औं मिनेटमै नेपालले उपहार गोलमार्फत अग्रता लिएको थियो । रोहित चन्दको प्रहार क्लियर गर्न लाग्दा पाकिस्तानका साहवाज योनासले आफ्नै पोष्टमा गोल गरेका थिए ।

५४औं मिनेटमा पाकिस्तानका मोहम्मद विलालले गोल गरी खेल बराबरीमा ल्याएका थिए । ७२औं मिनेटमा पाकिस्तानले पेनाल्टी पायो र नेपाली कप्तान किरण चेम्जोङलाई छक्याउँदै पाकिस्तानका सद्धाम हुसेनले गोल गरी अग्रता दिलाए ।

त्यसपछि गोल हुन सकेन र नेपाल तेस्रो खेलमा पनि पराजित भयो ।