Newslaya Home

​१०० श्ययाको सेवा विस्तार गर्दे बीपी स्वास्थ्य प्रतिष्ठान

शनिबार २६, साउन २०७५

इटहरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ ।

पुरानो अस्पताल भवनसमेत रहेको उक्त स्थानको भौतिक पूर्वाधारको उपयोगसहित अस्पताल सञ्चालनको जिम्मेवारी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको स्थानीय तहमा समायोजन भएको स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित पाँच श्ययाको बर्थिङ सेन्टर, पुनःस्थापना गृहको व्यवस्थापनका विषयमा छलफल अघि बढाएको हो ।

उक्त स्थानको व्यवस्थापनका विषयमा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासँंग पनि अस्पताल सञ्चालनका सम्बन्धमा छलफल गरिसकेको अस्पतालले जनाएको छ ।