Newslaya Home

​सुनसरीकी एक महिलामाथि दाइजो थोरै भएको भन्दै एक वर्षदेखि यातना

शनिबार २६, साउन २०७५

सुनसरी । सुनसरी भोक्राहाकी एक महिलालाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा  परिवारले चरम यातना दिँदै आएको छ। भोक्राहा नरसिहं गाउँपालिका–१ का सञ्जिला खातुनलाई परिवारले शारीरिक एवं मानसिक यातना दिँदै आएको हो ।

सञ्जिलाको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिंह–५ का सद्धाम मियाँसँग भएको थियो । श्रीमान् र उनका बाबु आमासमेतले विवाह भएको केही महिनादेखि दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठीक नहुने भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित सञ्जिलाले बताएकी छन् ।

काममा खटाउने तर खान नदिने तथा कुटपिटसमेत गर्ने गरेपछि सञ्जिलाले माइतीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा शुक्रबार उजुरी दिएकी हुन् ।

सन्तान नभएकाले सञ्जिलाका श्रीमानले विवाह दर्ता गरेर नागरिकसमेत बनाउन नमानेकाले ज्वाइँको नियत छोरीलाई दुःख दिने मात्र भएको सञ्जिला बुबा सराजले बताएका छन् ।

कुटपिटको घटना भनी निवेदन परेकाले यसबारेमा दुवै पक्षसँग बुझेर दोषी पाइए कारवाही गर्ने जिल्ला प्रहरी कार्यालयसुनसरीले जनाएको छ ।