Newslaya Home

अन्तरास्ट्रिय शिक्षाको जग बनाउदै मेरिल्याण्ड र इटहरी इन्टरनेसनल कलेज

बेलायतमा ८० लाख रुपैया लाग्ने पढाई पूर्वमा ६ लाख ७० हजार रुपैयामै
शनिबार २६, साउन २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा लिन पूर्वका विद्यार्थीहरु कि काठमान्डौ नभए विदेश नै धाउनुपर्ने बाध्यतामा छन् । तर इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित पूर्वका दुई अन्तर्राष्ट्रिय कलेजहरुले स्तरीय शिक्षा दिन थालेपछि विद्यार्थीको चाप बढ्न थालेको छ  । 

विराटनगरको मेरिल्याण्ड कलेज तथा सुन्दरहरैचास्थित इटहरी इन्टरनेसनल कलेजले पुर्वमा पहिलोपटक बेलायती विश्वविद्यालयको डिग्री ल्याएर विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा दिँदै आएको हो ।

४ वर्षअघि विराटनगरको मेरिल्याण्ड कलेजमा बेलायतको व्ल्भरह्याम्टन विश्वविद्यालयसंगको साझेदारीमा पुर्वमा पहिलोपटक बेलायती डिग्री बिबिएम ल्याइएको थियो ।

त्यसैगरी गत वर्षबाट सुन्दरहरैचास्थित इटहरी इन्टरनेसनल कलेजमा पनि लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको साझेदारीमा बीआइटि र बिबिएको कक्षा संचालन हुँदै आएको छ  ।

यी कलेजहरुले अन्तर्राष्ट्रिय शिक्षा सर्वसुलभ रूपमा बेलायती विश्वविद्यालयको डिग्री हासिल गर्न सक्ने वातावरण सिर्जना गरेका छन्   ।

काठमाडौंको इस्लिङ्टन कलेज, तथा इटहरीका विश्व आदर्श कलेज र सुषमा गोदावरी कलेजको साझेदारीमा बेलायतको स्नातक तहको बिजनेस र आइटी (बिबिए र बिआइटी) डिग्री इटहरी इन्टरनेसनल कलेजले सञ्चालनमा ल्याएको हो । 

यी दुवै  कलेजमा अध्ययन हुने विषयको स्तरीयताको सम्बन्धमा बेलायतको शिक्षा क्षेत्रको गुणस्तर मापन गर्ने संस्थाले स्थलगत अध्ययन तथा अनुगमन गर्ने गरेको छ । 

बेलायतमा ८० लाख खर्च गर्दा पाइने डिग्री यी कलेजहरुमा ६ लाख ७० हजार हाराहारीमा पाइन्छ । अन्तराष्ट्रिय स्तरको शिक्षण विधि, लेक्चर, ट्युटोरिएल र वर्कशपमा पढाइ हुने कलेजले जनाएको छ । 

विद्यार्थीले विभिन्न अवसरमा शैक्षिक भ्रमणमा विदेश जान पाउने कलेजले जनाएको छ । मेरिल्याण्ड कलेज विराटनगरबाट हरेक वर्ष २ जना बेलायत जाने गरेका छन् भने इटहरी इन्टरनेशनल कलेजबाट १० जना विद्यार्थी युनिभर्सिटी अफ थाइ च्याम्बर अफ कमर्सको सहकार्यमा थाइल्याण्ड जाने भएका छन् ।

नेपालमै सुबिधा सम्पन्न तथा भब्य पूर्वाधारसहितको उक्त कलेजमा पढ्ने विद्यार्थीलाई रोजगारीको लागि पढाइ सकाएपछी कलेज मै रोजगारी मेलाको आयोजना गरी आफ्नो क्षमता अनुसारको रोजगारी दिलाउने पनि कलेजले जनाएको छ ।