Newslaya Home

​कंगोमा इबोलाका कारण दश जनाको मृत्यु

शनिबार २६, साउन २०७५

काठमाडौं । कंगोमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार अन्य २७ जनाको पनि इबोलाका कारणले नै मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिण किभु प्रान्तमा गत अगस्ट १ मा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्य स्थानमा पनि इबोलाको शंकास्पद बिरामीहरु भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ ।

कंगोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौं मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।