Newslaya Home

​जनकपुर भ्रमण वर्ष २०१९ मनाइने

शनिबार २६, साउन २०७५

काठमाडौं । प्रदेश २ सरकारले सन् २०१९ लाई जनकपुर भ्रमण वर्षका रुपमा मनाउने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन अघिल्लो वर्षलाई जनकपुर पर्यटन वर्षका रुपमा मनाउन पर्यटन मन्त्री रविन्द्र अधिकारी र प्रदेश सरकार सहमत भएका छन् ।

त्यसका लागि जनकपुर विमानस्थल स्तरोन्नोति गरेर कम्तिमा भारत उडान भर्न सक्ने बनाउनु पर्ने र राजविराज विमानस्थललाई व्यवस्थित बनाउनुपर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको माग छ ।