Newslaya Home

रङ्गशाला बनाउदा स्थानीयको बिरोध

शुक्रबार २५, साउन २०७५

भक्तपुर। भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रङ्गशालाको स्थानीयवासीले बिरोध गरेका छन् । कृषि उर्भरभुमि भएको ठाउमा रंगशाला बनाउन लागेको भन्दै स्थानीयहरुले बिरोध जनाएका हुन् ।

कृषिका लागि निक्कै उपयोगी मानिएको भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालमा एक हजार ५०० रोपनी क्षेत्रफलमा बनाउने प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय रङ्गशालाको विरोधमा अहिले स्थानीयवासी एक छन् ।

सो क्षेत्रका स्थानीयवासी तथा किसानलाई उठिबास गराउन रङ्गशाला बनाउन लागिएको भन्दै उनीहरुले रङ्गशाला निर्माण पीडित सङ्घर्ष समिति गठन गरी आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकामा विरोध पत्र बुझाएका छन् ।