Newslaya Home

​सैनिक श्रीमती संघद्धारा शौचालय हस्तान्तरण

शुक्रबार २५, साउन २०७५

इटहरी। नेपाली सैनिक सङ्घले विपन्न समुदायका मानिसलाई सुलव शौचालय वितरण गरेको छ । सैनिक श्रीमती सङ्घको प्राविधिक तथा आर्थिक सहयोग र सुर्यदल गणका श्रमदानमा मोरङ कटहरी गाउँपालिका वडा नं. ४ र ५ मा सुलभ शौचालय शुक्रवार वितरण गरेको छ । 

सैनिक श्रीमती सङ्घकी कोषाध्यक्ष संगीता शाहीले एक कार्यक्रमका बिच उद्घाटन गरी शौचालय हस्तान्तरण गरिएको पूर्वी पृतना हेडक्वाटरले जनाएको छ । शौचालयको साँचो सैनिक श्रीमती सङ्घकी कोषाध्यक्ष्य श्रीमती शाहीले कटहरी गांउपालिकाका प्रमुख श्री राम कुमार कामतलाई हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा पूर्वी पृतनापति उपरथी समीर शाही, महा सेनानी सुनिल घले कटहरी गाउँपालिका प्रमुख, उप प्रमुख, वडा प्रमुखहरू लगायतको समेत उपस्थिति रहेको थियो ।