Newslaya Home

​आत्महत्यामा गर्न बाध्य बनाए ५ वर्षसम्म कैद

शुक्रबार २५, साउन २०७५

काठमाडौं । यदि तपाइले कसैलाइ आत्महत्या गर्ने अवस्थामा पुर्याए तपाइलाइ ५ बर्ष सम्म जेल सजाय हुन सक्दछ । कसैको कारणले आत्महत्या भएको प्रमाणित भए त्यस्ता व्यक्तिलाई अब ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था नया मुलुकी ऐनले गरेको छ ।

भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता एेनमा उल्लेख छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिती खडा गर्न वा गराउन हुँदैन। त्यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने छ।’

नेपालमा अहिले कसैले आत्महत्या गरेको पुष्टि भए कसैलाई सजाय हुँदैन।