Newslaya Home

​झापाको गौरादहमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

शुक्रबार २५, साउन २०७५

झापा । झापाको गौरादह नगरपालिका–१ स्थित भित्री सडकमा शुक्रबार बिहान ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । 

मे १ त ६५५३ नम्बरको ट्याक्टरबाट खस्दा झापा जिल्लाको दमक नगरपालिका–१ का कमल तामाङको उपचारका क्रममा मृत्यु भएको हो । 

गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका  तामाङको उपचारका लागि लाईफ लाईन अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

ट्याक्टर सहित चालक झापा जिल्ला दमक नगरपालिका–१ का दर्शन तामाङ इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।