Newslaya Home

​बलत्कारको आरोपमा इटहरीका एक युवक पक्राउ

शुक्रबार २५, साउन २०७५

इटहरी ।  बालिक बलत्कार गर्न खोजेको आरोपमा एक युवालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ९ बर्षिय बालिका बलात्कारको प्रयास गर्ने  इटहरी–१४ गैसारमा २१ बर्षीय मोहमद इरफानलाई पक्राउ गरेको हो ।

बिहीबार राती ११ बजे बालिका सुतिरहेको बेला बलात्कारको प्रयास गरेको भन्दै उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

पक्राउ इरफान बिरूद्ध बलत्कार उद्योगमा मुद्धा दायर हुने प्रहरीले जनाएको छ ।