Newslaya Home

​असईको तालिमका क्रममा एकको मृत्यु, ४ बिरामी, ४ बर्खास्त

शुक्रबार २५, साउन २०७५

काठमाडौं । केही समयअघि नेपालमा प्रहरी सहायक निरीक्षक पदमा ४४१ जना भर्ना भएका थिए । तीमध्ये शुक्रबार ४३२ जना मात्रै दीक्षित भए ।

भर्ना भएकामध्ये ४ जना बिरामी भएर तालिममा सहभागी हुन सकेनन् । त्यसैगरी ४ जना बर्खास्त भएका छन् भने १ जनाको तालिमकै क्रममा मृत्यु भएको छ । त्यसैले बाँकी ४३२ जनामाधै दीक्षित भएका छन् ।

दीक्षित हुने असईहरुमा ४१८ जना पुरुष र १४ जना महिला प्रहरी छन् ।तालिममा सफल बनेका असईलाई गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेतको उपस्थितिमा दीक्षित गरिएको छ ।