Newslaya Home

​१८ वर्षमुनीका युवतीसँग सम्बन्ध राखे बलात्कार ठहर

शुक्रबार २५, साउन २०७५

काठमाडौ । नेपालको पुरानो मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिने प्रावधान थियो । अर्थात्, १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखे जबरजस्ती करणी नमानिने व्यवस्था थियो ।

तर, भदौ १ देखि लागू हुने नयाँ व्यवस्थाले १८ वर्षमुनिका युवतीसँग राजीखुशीमा पनि यौनसम्बन्ध राखे बलात्कार मानिनेछ ।

नेपाली समाजमा १६ वर्ष कटेका किशोर किशोरीहरुले राजीखुशीमा यौनसम्बन्ध राख्ने क्रम बढिरहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । तर, नयाँ मुलुकी ऐनले यौन सम्बन्धलाई अझ कसिलो बनाउने भएको हो ।

भदौ १ देखि लागू नयाँ पारिवारिक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ । तर, ऐनले राजीखुशीको यौनसम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ । 

विदेशमा पनि सहमतिको यौनसम्बन्धका लागि मान्यता पाउने उमेर १८ वर्षभन्दा माथि नै हो ।