Newslaya Home

​अब वृद्धलाई वेवास्ता गरे तीन वर्षसम्म कैद

शुक्रबार २५, साउन २०७५

काठमाडौं । आफन्त वृद्धलाई वेवास्ता वा परित्याग गर्नेहरुलाई जेल सजाय हुने भएको छ । अब तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने छ ।

अपराध संहिता एेनमा ‘नवजात शिशु,बालबालिका,अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफुले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न नहुने’ उल्लेख छ र यदी त्यसो भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने छ ।

यदि वेवास्ता वा परित्यागबाट त्यस्ता व्यक्तीको ज्यान नै गएको रहेछ भने सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने छ ।