Newslaya Home

​जसको कारण आत्महत्या गर्यो, उसलाई ५ वर्षसम्म कैद

शुक्रबार २५, साउन २०७५

काठमाडौं । यदि कसैको कारणले आत्महत्या भएको प्रमाणित भए त्यस्ता व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म  जरिवाना हुने छ ।

भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता एेनमा उल्लेख छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिती खडा गर्न वा गराउन हुँदैन । त्यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने छ ।’

नेपालमा अहिले कसैले आत्महत्या गरेको पुष्टि भए कसैलाई सजाय हुँदैन ।