Newslaya Home

​शाहिद र श्रद्धा अभिनित ‘बत्ती गुल, मिटर चालु’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

शुक्रबार २५, साउन २०७५

काठमाडौं । अभिनेता शाहिद कपूर, अभिनेत्री श्रद्धा कपूर र यामी गौतम अभिनित चलचित्र ‘बत्ती गुल, मिटर चालु’को ट्रेलर सार्वजनिक भएको छ । 

चलचित्र बिजुलीको बिलको समस्यामा आधारित छ । चलचित्रलाई निर्देशक श्रीनारायण सिंहले निर्देशन गरेका हुन् । 

चलचित्रको छायाँकंन भारतको उत्तराखण्डमा गरिएको हो । शाहिद कपूर र श्रद्धा कपूरको जोडी दोस्रो पटक दर्शकमाझ आइरहेको छ । यसअघि फिल्म ‘हैदर’ मा यो जोडी देखिएका थिए । अर्की अभिनेत्री यामी गौतमले भने पहिलो पटक यी दुवैको साथमा काम गरेकी छिन् । 

चलचित्रमा यामी गौतम अतिथि भूमिकामा देखिने छिन् । सोसल ड्रामामा आधारित यो चलचित्र मार्फत बिजुलीको कटौतीपछि पनि बढ्दो बिलको मुद्दालाई उठाइएको छ ।

बिजुलीको बिलको लडाईँ घरदेखि सुरु भएर अदालतसम्म जान्छ र शाहिद त्यस मुद्दाको वकालतमा उत्रिएका छन् । उनको विपक्षमा अभिनेत्री यामी गौतम वकालत गरिरहेकी देखिन्छिन् ।

चलचित्र सेप्टेम्बर २१ बाट प्रदर्शनमा आउने भएको छ ।