​अब बोक्सीको आरोप लगाए पाँच वर्ष कैद सजाय

Newslaya Home

​अब बोक्सीको आरोप लगाए पाँच वर्ष कैद सजाय

शुक्रबार २५, साउन २०७५

काठमाडौं । अब बोक्सिको आरोप लगाए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराध संहिता एेनमा बोक्सा बोक्सीको आरोप लगाउने, बसोबास गरेको स्थानबाट निकाला गर्ने, सामाजिक बहिस्कार गर्ने तथा क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई यस्तो सजाय हुने भएको हो । 

यसैगरी, महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्ने÷गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुने छ ।