Newslaya Home

​‘रोजी’द्वारा म्युजिकल्ली प्रतिस्पर्धा आयोजना, यस्तो छ पुरस्कार

शुक्रबार २५, साउन २०७५

काठमाडौं । चलचित्र ‘रोजी’ले आफ्नो गीत ‘फूल हैन....’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको छ । उक्त गीतमा इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । 

रोजी निर्माण कम्पनीद्वय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले पुरस्कार राशीसहितको म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरेका हुन् । 

संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सकिने अथवा वालमा सेयर गर्न सक्नेछन् । अहिले पनि इन्स्टाग्राम र फेसबुकबाट भिडियो प्राप्त भइरहेको थापाले बताइन् । 

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने छ भने दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ । 

यस्तै, सर्वोत्कृष्टलाई नगद १ लाख रुपैयाँले पुरस्कृत गरिने छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा पोस्ट हुने भिडियोको भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने थापाले जानकारी दिइन् । 

गीतमा एलिस काकीको संगीत तथा प्रविशा अधिकारी र प्रताप दासको स्वर रहेको छ । नीरक पौडेल निर्देशित क्राइम थ्रीलर चलचित्र आगामी भदौ २२ मा रिलिज हुँदैछ ।