Newslaya Home

​गायक रामभक्त जोजिजूको ‘मनको ढोका’ सार्वजनीक (भिडियोसहित)

शुक्रबार २५, साउन २०७५

काठमाडौं । गायक रामभक्त जोजिजूको गीत  ‘मनको ढोका’ सार्वजनीक भएको छ । गीतमा गीतकार तथा संगीतकार रक्ष गुरुङको शब्द तथा संगीत रहेको छ । गीतमा महाराज थापाको संगीत संयोजन गरेका छन् । 

निकेश खड्का निर्देशित उक्त म्युजिक भिडियोमा गायक जोजिजूले र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् । भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।