Newslaya Home

​भारी वर्षाका कारण भारतको केरलमा पहिरो, २६ जनाको मृत्यु

शुक्रबार २५, साउन २०७५

काठमाडौं । भारतको केरल राज्यमा लगातार वर्षा भएपछि आएको पहिरोमा परी २६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ११ जना इडुक्की जिल्लाका रहेका छन् ।

दुईजनालाई भने पहिरोबाट जिवितै उद्धार गरिएको छ । मौसम विभागले शुक्रबार आगामी तीन दिनसम्म २१ राज्यमा भारी बर्षा हुने चेतावनी जारी गरेको छ । 

केरलका नदीमा बाढीको कारण जलस्तर बढेको छ । विभिन्न भागमा कम्तीमा २४ बाँध खोलिएको छ । 

इडुकी जिल्लाको देवकीकुलममा बाढीको पानीसँगै माटो झर्दा एक परिवारका पाँच सदस्यसहित ११ मानिस जिउँदै पुरिएका छन् । दुर्घटनामा दुई जना बेपत्ता र नौ जना घाइते भएका छन् । 

विगत २४ घन्टामा इडुकी जिल्लामा १४४.७७ मिलिमिटर बर्षा भएको छ र जिल्लाको पहाडी क्षेत्रमा ७८ ठाउामा पहिरो गएको छ ।