Newslaya Home

​सिरहामा नगद लुटने दिदीबहिनी पक्राउ

शुक्रबार २५, साउन २०७५

सिरहा । सिरहामा नगद लुटपाट गरेको अभियोगमा दुई युवती पक्राउ परेका छन् । प्रहरीले
लहान–३ की २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई बिहीबार  पक्राउ गरेको हो । 

उनीहरुले कर्जन्हा –११ का रामकुमार यादवबाट १ लाख लुटेका थिए । यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा  लुटपाट गरेका थिए  ।

प्रहरीले उनीहरुलाई फेला पारी जाँच गर्दा फुलकुमारीले बोकेको झोलाबाट उक्त लुटिएको रकम बरामद भएको थियो । प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।